रोमाञ्चक खेलमा चिली सफल

चिलीले दक्षिण अमेरिकी फुटबलको आकर्षण पस्कदै अष्ट्रेलियालाई ३–१ ले हराएर शनिबार विश्वकप २०१४ मा विजयी सुरुआत गरेको छ ।
साल्भाडोरमा बार्सिलोनाका फरवार्ड एलेक्सि सान्चेजले १२ औं मिनेटमा गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए । त्यसको ७० सेकेन्डपछि जोर्गे भाल्दिभियाले गोल गरेर दक्षिण अमेरिकी टिमको अग्रता दोब्बर बनाए । उनले १८ यार्ड लाइनटबाट टप बारमा प्रहार गरेको बलले उत्कृष्ट गोलको रुप लिएको थियो ।
टिम केहिलले ३५ औं मिनेटमा हेडद्वारा गोल गर्दै अस्ट्रेलियालाई एक गोलको अन्तरमा पु-याए । एसियाबाट प्रतिनिधित्व गरेकाे अष्ट्रेलिया निरास देखिएन, निरन्तर गोल गर्ने प्रयास गरिरह्यो । तर, सफलता हात पार्न सकेन । यस्तोमा खल रोमाञ्चक बन्यो र बुसेजोरले इन्ज्युरी टाइममा गोल गर्दै चिलीको अग्रता ३–१ बनाएर जित सुनिश्चित गरे ।
एडुआर्डो भारगासले क्रस गरेको बल गोल लाइनबाट अस्ट्रेलियन डिफेन्डर एलेक्स विकिन्सनले ६२ औं मिनेटमा क्लियर गरेका थिए ।
समूह ‘बी’मा नेदरल्यान्ड्स र चिलीको समान ३–३ अंक छ । राम्रो गोल अन्तरको आधारमा डच टिम शीर्षस्थानमा छ । पहिलो खेलमा हार बेहोरेका डिफेन्डिङ च्याम्पियन स्पेन र अष्ट्रेलियाले अंकको खाता खोल्न बाकी छ ।

Comments

Popular Posts