अलाेन्साेले सन्यास लिने
विश्वकप फुटबलको प्रबल दाबेदारका रुपमा ब्राजिल पुगेको स्पेनले आशातित प्रदर्शन गर्नै सकेन। साबिक विजेता स्पेन नेदरल्यान्ड्ससँग ५-१ ले र चिलीसँग २-० ले पराजित भएपनि स्पेनको विश्वकप यात्रामा पूर्ण विराम लाग्यो। लिग चरणको अन्तिम खेलमा स्पेनले सोमबार अस्ट्रेलियाको सामना गर्ने छ।
स्पेनको हारपछि निराश बनेका टिमका भरपर्दा मिडफिल्डर जाभी अलोन्सोले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेको स्पेनको खेलकुद दैनिक मार्काले जनाएको छ। सन् २००३ देखि देशको राष्ट्रिय टोलीमा रहेका आलोन्सोले एकसय १३ खेलमा १६ गोल गरेका छन्।
सन् २००८ र २०१२ को युरोकप तथा सन् २०१० को विश्वकप जित्ने स्पेनको टिमका महत्त्वपूर्ण सदस्य अलोन्सोले रियल म्याड्रिडबाट आफ्नो व्यवसायिक खेल जिवनलाई भने निरन्तरता दिने बताएका छन्। ३२ वर्षिय अलोन्सो विगत दुई वर्ष देखि चोटका कारण पनि समस्यामा छन्।
Comments
Post a Comment