कोस्टारिका कठिन समूहबाट दोस्रो चरणमा, इङ्ल्यान्ड बाहिरियो
कोस्टारिका विश्वकप २०१४ को 'ग्रुफ अफ डेथ' मानिएको समूह 'डी' बाट दोस्रो चरण पुग्ने पहिलो टिम भएको छ । उसले शुक्रबार एरिना पेरिनामबुकोमा भएको खेलमा इटालीलाई १-० ले पराजित गर्यो ।
लगातार दोस्रो जितका लागि उत्कृष्ट प्रदर्शन गरेको कोस्टारिका विश्वकपका तीन पूर्व विजेताको समूहबाट अन्तिम १६ मा पुगेको हो ।
इटालीसँगै उरुग्वे र इङ्ल्यान्डले संयुक्त रूपमा सात पल्ट विश्वकप जितेका छन् । यसबाहेक यी तिनै टिम फिफा वरीयताको शीर्ष दस भित्र पर्ने टिम हुन् ।
प्रशिक्षक होगे लुइस पिन्टोको कोस्टारिका नकआउट चरण पुग्नुको अर्थ यस समूहबाट इङ्ल्यान्डको विश्वकप चुनौती समाप्त भएको छ र अन्तिम खेल अगाडि नै घर फर्कने तय भएको छ । समूहमा कोस्टारिका छ अंकसहित शीर्ष स्थानमा रह्यो । त्यसयता इटाली र उरुग्वे तीनरतीन अंकमा छन् । इङ्ल्यान्ड लगातार दोस्रो हारसँगै शून्य अंकमा छ । इङ्ल्यान्ड यसअघि उरुग्वेसँग पराजित रहेको थियो ।
अब कोस्टारिकाले आफ्नो अन्तिम खेलमा इङ्ल्यान्डको सामना गर्नेछ र उसको उद्देश्य समूह विजेता बन्ने हुनेछ । इङ्ल्यान्डका लागि आफ्नो अन्तिम खेल प्रतिष्ठाको लागि मात्र हुनेछ ।
समूहबाट नकआउट चरण पुग्ने टिमको निर्णय अब इटाली र उरुग्वेबीचको खेलबाट हुनेछ । इटालीलाई जित अथवा बराबरी अर्को चरण पुग्न पर्याप्त हुनेछ । उरुग्वेलाई भने निश्चित जितको आवश्यकता पर्नेछ, किनभने गोल अन्तरमा इटाली अगाडि छ । कोस्टोरिका अगाडि जानुको अर्थ यो समूहबाट इङ्ल्यान्डसँगै अर्को विश्वकप विजेता पनि बाहिरिनेछ ।
यसअघि नै अर्को विश्वकप विजेता स्पेन पनि यसपल्टको विश्वकपबाट बाहिरिसकेको छ । कोस्टारिका विश्वकप इतिहासमा दोस्रो चरण पुगेको यो पहिलो पल्ट हो । सन् १९९० को विश्वकपमा कोस्टारिका पहिलो पल्ट अन्तिम १६ को नकआउट चरण पुगेको थियो । कोस्टारिकाका लागि निर्णायक गोल कप्तान ब्रायन रुइजले गरे । उनको गोलका लागि गोल लाइन प्रविधिको मदत लिइएको थियो । जुनियर डेजको उत्कृष्ट क्रसमा रुइजको हेडले पोस्टको दिशा लिएर बाहिर आएको थियो । इटालीका गोलरक्षक जियानलुगी बुफोनले बलको गति र दिशाबारे अनुमान गर्न सकेनन् । गोलको एक मिनेट अगाडि कोस्टारिकाले पेनाल्टीका लागि गरेको जोडदार अपिललाई चिलीका रेफ्री इनरिक ओसेसले अस्वीकार गरेका थिए ।
इटालीका डिफेन्डर जर्जियो केलिनीले आफ्नो पेनाल्टी एरियामा जोएल क्याम्पबेललाई लडाएका थिए । पहिलो हाफमा सुस्त सुरुआतपछि कोस्टारिकाले इटालीलाई दबाबमा राखेको थियो ।

Comments
Post a Comment