जापान बराबरीमा राेकीयाे, काेलम्बिया अन्तिम १६ मा
पहिलो हाफमै दस खेलाडीमा समेटिएको ग्रीसविरुद्ध जापानले गोलरहित बराबरी खेलेपछि कोलम्बिया एक खेल अगावै समूह 'सी'बाट विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।
लगातार दुई खेल जितेको कोलम्बिया ६ अंकसहित समूहको शीर्षस्थानमा छ । आइभरीकोस्टको ३ तथा जापान र ग्रीसकाे १-१ अंक छ । समूह चरणको अन्तिम खेलमा आइभरीकोस्टले ग्रीसकाे र कोलम्बियाले जापानको सामना गर्नेछ । यस्तोमा जस्तोसुकै नतिजा निस्केपनि कोलम्बिया शीर्ष दुई स्थानमा रहिरहनेछ । नकआउट प्रवेश गर्ने अर्को टिमको छिनोफानो अन्तिम खेलले गर्नेछ ।
कोन्सटान्टिनोस कात्सुरानिसले दोस्रो पहेंलो बेहोर्दै ३८ औं मिनेटमा मैदान छाडेपछि ग्रीस दस खेलाडीमा सीमित रह्यो । जापानले विशेष गरी दोस्रो हाफमा निरन्तर आक्रमण गर्यो । तर, प्राप्त थुप्रै अवसरलाई गोलमा परिणत गर्न सकेन । त्यसैले स्पष्ट जित हात पार्न असफल जापानलाई नकआउट प्रवेशको लागि अन्तिम खेलमा जित मात्र होइन, अरु विपक्षीका कमजोरी पनि चाहिएइको छ ।

Comments
Post a Comment