बराबरीपछि पाेर्चुगलकाे सम्भावना कायमै
पहिलाे खेलमा जर्मनीसँग ४ गाेल खाएकाे पाेर्चुगलले दोस्रो खेलमा अमेरिकासँग बराबरी भएपछि अन्तिम १६ मा पुग्ने सम्भावना कायमै राखेको छ । पोर्चुगल २-१ ले पछि परेको अवस्थामा खेल सकिन केही सेकेन्ड बाँकी छँदा भरेलाले गोल गर्दै बराबरी स्थितिमा पुर्याएका हुन् ।
क्रिष्टियानो रोनाल्डोको क्रसमा हेडमार्फत गोल गर्दै भरेलाले टोलीलाई विश्वकपबाट बाहिरिनबाट जोगाएका हुन् ।
पोर्चुगलले खेलको ५ औं मिनेटमा नानीको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफदेखि नै पोर्चुगलविरुद्ध आक्रमण बुने पनि अमेरिकाले गोल गर्न ६४ मिनेट कुर्नुपर्यो । अमेरिकाको लागि जर्मनी जोन्सले गोल गर्दै बराबरी स्थितिमा ल्याएका थिए । ८१ औं मिनेटमा क्लिन्ट डेम्प्सेले गोल गर्दै अमेरिकालाई अग्रदा दिलाएका थिए ।
पोर्चुगलविरुद्ध जित हात पारेको भए अमेरिकाको दोस्रो स्थान यात्रा पक्का हुने थियो । बराबरीका कारण अमेरिकाले दोस्रो चरण यात्राको लागि तेस्रो खेलसम्म कुर्नुपर्नेछ । अमेरिकाले समूह चरणको तेस्रो खेल जर्मनीसँग खेल्दैछ । पोर्चुगलले घानासँग खेल्नेछ ।
एक जित र एक बराबरी खेलेको अमेरिका ४ समूह तालिकाको दोस्रो स्थानमा छ । ४ अंक भएको जर्मनी गोल अन्तरको आधारमा शीर्ष स्थानमा छ । एक हार र एक बराबरी खेलेको पोर्चुगलको १ अंक छ । दुई खेलमा हार व्यहोरेको घाना अंक विहिन छ ।

Comments
Post a Comment