फ्रान्सकाे सहज जीत
फ्रान्सले विश्वकप २०१४ को समूह 'ई' मा शनिबार स्विट्जरल्यान्डमाथि ५-२ को सहज जित निकाल्न सफल रह्यो । यो जितले फ्रान्सले लगातार दोस्रो जितसँगै छ अंकमा समूहको शीर्ष स्थानमा रह्यो र उसको दोस्रो चरण पुग्ने सम्भावना पनि बलियो भएको छ । स्विट्जरल्यान्ड तीन अंकमा दोस्रो स्थानमा छन् ।
फ्रान्सले पहिलो हाफमा तीन गोल गरेको थियो । ओलिभर गिरोडले १७ औं मिनेटमा गोलको खाता खोले । फ्रान्सले दोस्राे गोलका लागि लामो समय कुर्नु परेन् र १८ औं मिनेटमा ब्लेसी मटउडीले गोल गरिहाले । करिम बेन्जेमाले ३२ औं मिनेटमा पेनाल्टीबाट गोल गरेको भए, फ्रान्सको जित अन्तर अझ ठूलो हुने थिए ।
पहिलो हाफ सकिन पाँच मिनेट अगाडि म्याथ्यु भेलबुनाले फ्रान्सको तेस्रो गोल गरे । बेन्जेमाले ६७ औं मिनेटमा चौथो गोल गरे । खेलको ७३ औं मिनेटमा सम्भव पाँचौं गोल मोसा सिसिकोको नाममा रह्यो । स्विट्जरल्यान्डका बेलरिम जेमालीले फ्रि-किकबाट ८१ औं मिनेटमा सुन्दर गोल गर्दै हारको अन्तरलाई केही छोट्याए । लगतै ग्रेनिट जेकाले ८७ औं मिनेटमा दोस्रो गोल फर्काए ।
Comments
Post a Comment