कोष्टारिका इतिहास रच्दै अन्तिम अाठमा

कोस्टारिका पेनाल्टी सुटआटमा ग्रिसलाई ५-३ ले पन्छाउँदै विश्व्कप फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ । गोलकिपर कोस्टा नाभसले गिकासले पेनाल्टीमा प्रहार गरेको बल रोकेपछि निर्णायक प्रहारमा युमानाले गोल गर्दै कोस्टारिकालाई पहिलोपल्ट क्वाटरफाइनल पुर्‍याएका हुन् ।
पेनाल्टी सुटआउटमा कोस्टारिकाका पाँचै खेलाडी सफल रहे । यस्तोमा बोर्गेस, रुइज, गोन्जालेज, क्याम्बेल र युमानाले प्रहार गरेका थिए ।
ग्रीसकाे कोस्टास, लाजारोस र चोलेभासको प्रहारमा मात्र बलले जाली चुमेको थियो । गिकासको प्रहार नाभसले रोकेलगत्तै कोस्टारिकन खेलाडीले सटिक प्रहार गरेपछि पेनाल्टी सुटआउटमा ग्रिसको पाँचौं खेलाडी आवश्यक नै परेन ।
यसअघि निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त ३० मिनेटको अवधि १-१ को बराबरीमा टुंगिएको थियो । ब्रायन रुइजले ५२ औं मिनेटमा गोल गर्दै कोस्टारिकालाई १-० को अग्रता दिलाएका थिए । दोस्रो पहेंलो कार्ड बेहोर्दै डुअर्टेले मैदान छाडेपछि कोस्टारिका ६६ औं मिनेटमै दस खेलाडीमा सीमित भयो । त्यसपछि सोक्राटिसले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याएका थिए । अतिरिक्त समय गोलविहीन टुंगियो ।
समूह चरणमा इङल्यान्डसँग बराबर तथा इटाली र उरुग्वेलाई पराजित गरेको कोस्टारिकाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ ।

Comments

Popular Posts