बेल्जियम दोस्रो चरणमा
सब्स्टिच्युटको रुपमा मैदान छिरेका डिभोक ओरिगीले खेल सकिंन २ मिनेट बाँकी छदा गरेको गोल मद्दतले बेल्जियमले रुसमाथि १-० जित निकालेको छ । जितसँगै बेल्जियमले जारी विश्वकपमा दोस्रो चरणको यात्रा पक्का गरेको छ ।
खेलको सुरुवातमै रुसका अलेक्जेन्डर कोकोरिनले ६ यार्ड टाढाबाट गोल हान्ने अवसर गुमाएका थिए । उनले हानेको हेड पोष्ट नजिकैबाट बाहिरिएको थियो ।
खेल सकिंन सात मिनेट बाँकी रहँदा बेल्जियमका केभिन मिरालासले हानेको कडा सर्ट गोल हुन पाएन । तर, खेल सकिन दुई मिनेट मात्रै रहँदा इडेन हाजार्डले दिएको क्रसमा कडा प्रहार गर्दै ओरिगीले गोल गरे ।
अन्तिम १६ मा पुग्ने रुसको चाहना अब अल्जेरियाविरुद्धको खेलमा निर्भर रहन्छ ।
दक्षिण कोरियासँग १-१ को बराबरी खेलेको फाबियो कापेलोको टिम बेल्जियमविरुद्ध बलियो देखिएको थियो । तर, बेल्जियमले खेलमा तालमेल नदेखाइकनै जित निकाल्यो ।
दोस्रो हाफ लगत्तै रोमेलु लुकाकुको स्थानमा मैदान छिरेको ओरिगीले आफ्नो प्रभाव छाडेका थिए । उनले अल्जेरियाविरुद्धको अघिल्लो खेलमा पनि आफ्नो प्रभाव राखेका थिए ।
६ अंक बटुलेर दोस्रो चरणमा प्रवेश पाएपनि बेल्जियमले थप खेल जित्नको लागि राम्रो तयारी गर्नुपर्ने देखिन्छ किनकी रुसविरुद्धको खेलमा उसको खेलाडीबीच तालमेल बिगि्रएको थियो । मैदानभर रुसका खेलाडीले दबाब कायम राखेका थिए ।

Comments
Post a Comment