विश्वकपः अर्जेन्टिना स्वीजरल्याण्डसँग र बेल्जियम अमेरिकासँग भिड्ने
ब्राजिलमा सञ्चालन भइरहेकाे विश्वकप २०१४ अन्तर्गत अन्तिम १६ को खेलमा आज अर्जेन्टिना र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । अर्जेन्टिना, स्ट्राइकर सेर्गियो अगुरियाे विना मैदान उत्रिँदा सबैको ध्यान स्टार स्ट्राइकर लियोनल मेस्सीतिर हुनेछ । अाजकाे खेलमा त्यसाे त जाबालेटा र गागाेले पनि दाेहाेराे पहेलाे कार्डकाे कारण खेल गुमाउने छन् ।
२०१० काे विश्वकपमा १ गाेल पनि गर्न नसकेर अालाेचित बचेकाे विश्व नं. १ मेस्सीले समूह चरणका तीन खेलमा लगातार चार गोल गरिसकेका छन् त्यसैले मेस्सीले अाजकाे चौथो खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने धेरैको अपेक्षा छ ।
स्विजरल्याण्ड पनि आफ्ना ब्याकअप स्ट्राइकर मारियो गाभ्रानोभिक विना मैदान उत्रिनेछ । अर्जेन्टिना र स्विजरल्याण्डबीच पछिल्लो पटक भएका ६ भेटमा अर्जेन्टिनाले ४ मा जीत अात्मसाथ गरेका थियाे भने २ मा बराबरी नतिजा हात पारेको थियाे । सबैभन्दा पछिलो पटक सन् २०१२ मा भएको भेटमा अर्जेन्टिनाले मेसीको ह्यट्रिकमा स्विजरल्याण्डलाई ३–१ ले पराजित गरेको थियो ।
यसअघि समूह चरण भन्दा माथि उक्लन नसकेको स्विजरल्याण्ड अर्जेन्टिनालाई पराजित गर्दै अन्तिम आठ प्रवेश गर्ने उद्धेश्यका साथ मैदान उत्रिने सुरमा छ ।
आजै हुने अर्को खेलमा बेल्जियम र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ । भिन्सेन्ट कोम्पेनी, थोमर भर्मेलेन दुबै चोटग्रस्त भएपछि बेल्जियन डिफेन्सलाई आज तनाब हुने देखिएको छ । बेल्जियम र अमेरिका एकापसमा ५ पटक अामनेसामने भएका छन् । बेल्जियम ४ पटक विजयी भएकाे छ भने अमेरिकाले १ पटक जीत दर्ता गरेकाे छ । सन् १९३० काे विश्वकपमा भएको भेटमा अमेरिका ३–० ले विजयी भएको थियो । त्याे नै बेल्जियम विरूद्ध अमेरिकाकाे एकमात्र जीत हाे ।
पहिलो पटक समूह चरणमा तीन वटै खेल जितेको बेल्जियम उत्साही छ भने उपाधीका दाबेदार मानिएका टोलीलाई पछि पार्दै नकआउट चरण प्रवेश गरेकोले अमेरिका पनि उच्च मनोबल सहित मैदान उत्रिनेछ ।
Comments
Post a Comment