फ्रान्स अन्तिम आठमा
विश्वकप २०१४ को बलियो दावेदारका रूपमा अगाडि आएको फ्रान्सले सोमबार क्वाटरफाइनलको यात्रा तय गरेको छ । उसले स्टाडियो नासेनाल डे ब्रासिलामा भएको दोस्रो चरणको खेलमा नाइजेरियालाई २-० ले हरायो । खेलको पहिलो गोल युभेन्ट्सका पउल पोग्बाले गरे ।
उनले ७९ औं मिनेटमा बललाई पोस्टको दिशा दिएका हुन् । दोस्रो गोल इन्ज्युरी समयमा निस्केको थियो र यो जोसेफ योबोको नाममा आत्मघाती रह्यो । एन्टोनी ग्रोजम्यानको प्रहारलाई क्लियर गर्ने प्रयासमा उनले बललाई पोस्टको दिशा दिएका थिए । युरोपेली प्ले अफमा युक्रेनलाई हराएयता फ्रान्स लयमा देखिएको छ र उसले यो क्रमलाई नाइजेरियाविरुद्ध पनि कायम राख्यो ।
गोलरहित पहिलो हाफपछि दुवै टिमले आक्रामण बढाएपनि त्यसले निर्णायक मोड लिन सकेको थिएन् । पोग्बाको गोल अगाडि फ्रान्सका शृङ्खलाबद्ध आक्रमण विफल रहेको थियो । पोग्बाले भने गोलका लागि भिन्सेन्ट इन्येमाको क्रसलाई हेड गरेका थिए । यसअघि उनी निश्चित गोलका दुई अवसरमा चुकेका थिए । अब फ्रान्सले क्वाटरफाइनल प्रवेशका लागि जर्मनी र अल्जेरियाबीचको खेल विजेतासँग खेल्नेछ ।

Comments
Post a Comment