विश्वकप, अाजकाे अाकर्षण : मारियो बालोटेली (इटाली)
वर्तमानमा हामी इटाली भन्नु बित्तिकै मारियाे बालाटाेलीलार्इ स्मरण गर्छाै । इटालीको अग्रपंक्तिमा मुख्य आशा बालोटेलीमै छ। रक्षापंक्तिमा जब्बर र मध्यपंक्तिमा कसिलो भए पनि गोलको खडेरी इटालीको मुख्य समस्या हो।
त्यसलाई तोड्ने बालोटेलीप्रति पूरा विश्वास छ। २३ वर्षे बालोटेलीले इटालीबाट ३० खेलमा १२ गोल गरिसकेका छन्। घाना बाउआमा भए पनि पालेर्मोमा जन्मिएका बालोटेलीलाई २०औं जन्मदिनको दुई दिनअघि इटालीका प्रशिक्षक सिजर प्रान्डेलीले राष्ट्रिय टोलीमा 'डेब्यु' गर्ने अवसर दिएका थिए। इटालीले त्यो खेलमा आइभोरी कोस्टलाई १–० ले पराजित गरेको थियो। उनले यसअघि इटालीबाट यु–१५ र यु–१७ बाट खेलिसकेका थिए। २०११ को नोभेम्बरमा पोल्यान्डविरुद्ध राष्ट्रिय टोलीबाट पहिलो गोल गरेका बालोटेली इटालीबाट खेल्ने पहिलो अश्वेत खेलाडी हुन्। युरो २०१२ मा उनले जर्मनीविरुद्ध दुई गोल गरेका थिए। मैदानभित्र जस्तै उनी बाहिर पनि त्यत्तिकै चर्चामा हुन्छन्। हाल एसी मिलानबाट ब्यसायिक फूटबले बालाटाेली म्यानचेस्टर सिटीबाट खेल्दा उनको व्यवस्थापक रोबर्टो मान्चिनीसँग अभ्यास मैदानमा हात हालाहाल भएको थियो।
Comments
Post a Comment