यौनकर्मीको मैत्रीपूर्ण फुटबल
ब्राजिली वेश्या तथा क्रिस्चियन धर्म मान्नेहरुको एक समूहले यौनकर्मीहरुको अधिकारबारे जनचेतना जगाउने उद्देश्यले शनिबार विश्वकप आयोजक सहर बेलो होरिजोन्टेको सडकमा मैत्रीपूर्ण फुटबल खेलेका छन्।
कोलम्बिया र ग्रिसबीचको खेल सकिएलगत्तै ब्राजिलको दक्षिणपूर्वी शहरमा योनकर्मी महिलाहरु भेला भएर बाटोमै खेलेका थिए। खेल्ने क्रममा उनीहरुले ट्राफिक कोनलाई गोल पोष्ट बनाउन प्रयोग गरेका थिए। यौनकर्मी महिलाहरुले हरियो र पहेलो जर्सी लगाए पनि उनीहरुले आफ्नो टोलीको नाम नांगो फुटबल क्लब राखेका थिए।
'अधिकार सबैका लागि समान हुनुपर्छ। हामी यौनकर्मी भए पनि अरुभन्दा फरक होइनौं,' शनिबार मैत्रीपूर्ण खेलमा उत्रिएकी यौनकर्मी प्याटि्रसिया बोङगसले भनिन्, 'हामी समाजले गर्ने यस्तो असमान व्यवहारमा परिवर्तन गरिनुपर्ने मान्यता राख्छौं। मानिस भएपछि मानिसलाई गर्ने व्यवहार उसको पेशाका आधारमा फेरिनुहुन्न।'
बेलो होरिजोन्टे रहेको ब्राजिली राज्य मिनास जेराइसको यौनकर्मी संघले उक्त खेल आयोजना गरेको थियो। संघले सहरमा रहेका ८० हजार हाराहारीका महिला यौनकर्मीलाई विश्वकपमा पेशा चलाउन सहज होस भनेर निशुल्क इङलिस भाषा कक्षा सञ्चालन गरेको थियो।

Comments
Post a Comment