गोललाइन प्रबिधिबाट गोलको निर्णय

जारी विश्वकपमा पहिलोपल्ट प्रयोग गरिएको गोललाइन प्रविधिको मद्दतमा एउटा गोलको विवाद मिलाइएको छ ।
समूह ई का फ्रान्सले होण्डुरस विरुद्ध गरेको दोश्रो गोलको निर्णय यो प्रविधि मार्फत गरिएको हो । खेलमा होण्डुरसका गोलरक्षकले गोल बचाउने क्रममा बलले गोलरेखा नाघेको थियो । तर त्यो झट्टा हेर्दा त्यो बलले गोल लाइन नाघेको देखिएको थिएन ।
त्यस गोलको निर्णय रेफ्रीले सान्ड्रो रिचीले गोल लाइन प्रविधिमार्फत गरेका हुन् । यो प्रबिधि अनुसार गोल हो वा होइन भन्ने विवाद भएमा गोलपोष्टमा राखिएका क्यामराको माध्यमबाट रेफ्रीको हातमा रहेको विशेष डिभाइसमा गोल भएको सन्देश जान्छ र गोलको निर्णय गरिन्छ । त्यसलाई रिप्लेमा टिभीमा पनि हेर्न सकिने ब्यवस्था गरिएको छ ।

Comments