यादवलाई विश्व पारा तेक्वान्दोमा रजत

नेपालका पारा तेक्वान्दो खेलाडी यादव कुँवरले रुसमा जारी पाँचौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका छन्। विश्व पारा तेक्वान्दोमा नेपालले रजत पदक जितेको यो पहिलो पटक हो। यसअघि २०१३ मा स्वीजरल्याण्डमा भएको चौथो संस्करणमा पनि यादवले कास्य पदक जितेका थिए।
६१ केजीमुनिको तौल समुहमा प्रतिस्पर्धा गरेका यादवले पहिलो खेलमा वाई पाएका थिए। फाइनलमा उनी आयोजक रुसका लियोन तिस्भासँग ९-२ अंकले पराजित भए। च्याम्पियनसिपमा ४१ देशका एक सय १८ जना खेलाडीले भाग लिएका छन्। यादवको प्रशिक्षकमा जर्नाजन ढुंगेल र ब्यवस्थापकमा लोकेन्द्र आचार्य छन्।

Comments

Popular Posts