लामाले पौडेलविरुद्ध मानहानी मुद्दा हाल्ने
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलविरुद्ध मानहानी मुद्दा हाल्ने भएका छन् । सर्वोच्चको आदेशविपरीत मन्त्री पौडेलले आफूलाई काम रोक्न पत्राचार गरेको भन्दै लामाले मुद्दा हाल्ने चेतावनी दिएका हुन् । मन्त्री पौडेलले सर्वोच्चले दिएको अन्तरिम आदेश अनुसार २६ गतेपछि काम गर्न नमिल्ने भन्दै बुधबार पत्राचार गरेका थिए । पदबाट राजीनामा दिन अस्वीकार गरेपछि मन्त्री पौडेलले लामालाई जेठ २ गते बर्खास्त गरेका थिए । आफूलाई गैरकानुनीरुपमा हटाइएको भन्दै लामाले दिएको रिटमा सर्वोच्च अदालतले जेठ २६ गतेसम्ममका लागि पदमै बहाल रहन अन्तरिम आदेश दिएको थियो ।
Comments
Post a Comment