साविक विजेता स्पेनकाे लज्जास्पद हार

राेवि्न भान पर्सी र अार्जेन राेविन चम्किएपछि साविककाे उपविजेता टाेली नेदरल्याण्डसले स्पेनलार्इ ५-१ काे फराकिलाे गाेल अन्तरले पराजीत गरेकाे छ ।
 २६ अाै मिनेटमा डियागाे काेष्टालार्इ डे भृजले लडाएपछि प्राप्त पेनाल्टीलार्इ जाभी अलाेन्साे गाेलमा परिणत गरेका थिए भने ४४ अाैं मिनेटमा राेबिन भान पर्सीले नेदरल्याण्डसकाे तर्फबाट बराबरी गाेल गरेका थिए । डाले ब्लाइण्डकाे सुन्दर क्रसमा भान पर्सीकाे हेड बल धेरै सुन्दर थियाे ।
१-१ बराबरीमा पहिलाे हाफ सकिएकाे खेलमा नेदरल्याण्डस् दाेस्राे हाफमा पुरै हाबी भयाे । ५३ अाैं मिनेटमा अार्जेन राेबिनकाे गाेलबाट अगाडि बढेकाे डच टाेलीकाे तर्फबाट ६४ अाैं मिनेटमा स्टेफन डे भर्जले तेस्राे गरे भने ७२ अाैं मिनेटमा राेबिन भान पर्सीले ब्यक्तिगत दाेस्राे गाेल गर्दै अन्तर ४-१ मा पु-याए । ८० अाैं मिनेटमा राेबिनले पुन गाेल थपेपछि साबिककाे विजेता स्पेन लज्जास्पद हार ब्यहाेर्न बाध्य भयाे । स्पेनले २०१० काे विश्वकप फाइनलमा १-० ले डच टाेलीलार्इ पराजीत गर्दै पहिलाेपटक विश्वकप उपाधि चुमेकाे थियाे भने पहिलाे खेल स्वीजरल्याण्डलार्इ १-० ले नै सुम्पेकाे थियाे । 

Comments

Popular Posts