नेपाललाई टी–ट्वान्टीकाे मान्यता
नेपालले टि–ट्वेन्टी खेल्ने राष्ट्रको मान्यता पाएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिलका अध्यक्ष एन श्रीनिवासको अध्यक्षतामा अष्ट्रेलियाको मेलबर्नमा आज विहान वसेको बैठकले नेपाललाई सो मान्यता प्रदान गर्ने निर्णय गरेको हो । नेपालसँगै नेदरल्याण्ड्सले पनि ट्वेन्टी ट्वेन्टी क्रिकेट खेल्ने राष्ट्रको स्तर प्राप्त गरेको छ । काउन्सिलले अफगानस्तान, हङकङ, आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्युगिनी र युएइलाई यसअघिनै ट्वेन्टी ट्वेन्टी खेल्ने राष्ट्रको मान्यता प्रदान गरिसकेको छ । आइसीसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ – आइसीसी बोर्डले बङ्गलादेशको टि–ट्वेन्टी विश्वकपमा छानिएका नेपाल र नेदरल्याण्ड्सलाई टि–ट्वेन्टी स्तर दिन स्वीकार गरेको छ ।
Comments
Post a Comment