अर्जेन्टिनी टाेलीकाे अभ्यास मैदानमै हजाराैं समर्थक

अर्जेन्टिनी फूटबल टाेलीले बुधबार रातीबाट विश्वकपकाे अाैपचारिक अभ्यास सकेकाे छ । रंगशालामा अर्जेन्टिनी फूटबल टाेलीकाे अभ्यास खेल्न हेर्न दसाैं हजार समर्थक पुगेका थिए ।
विशेष गरी टाेलीका स्टार स्ट्राइकर लियाेनल मेस्सीकाे समर्थन गर्ने दर्शककाे भीड राेक्न स्टेडियममा सुरक्षाकर्मीलार्इ हम्मेहम्मे परेकाे थियाे । टाेलीका कप्तान समेत रहेका मेस्सीलार्इ एक समर्थकले प्यारापिटबाट हाम फाल्दै अँगालाे मारे । उनले मेस्सीलाइर् अँगालाे मात्र हालेनन्, मेस्सीले लगाएकाे जर्सी नै दिन अाग्रह गरेपछि सुरक्षाकर्मीले उनलार्इ गलहत्याउँदै बाहिर निकाल्नु परेकाे थियाे ।
अर्का समर्थक अर्जेन्टिनी टाेलीले अभ्यासमा प्रयाेग गरेकाे बल दिनका लागि ढिपी गरिरहेका थिए । अर्जेन्टिनी टाेलीकाे अभ्यास हेर्न रंगशाला बुधबार चार घण्टा खुला गरिएकाे थियाे । मैदानमा पुगेका अर्का समर्थक ब्राजिलका २० वर्षीय भिनिसियम अान्द्रेडले अाफू ब्राजिलसँगै अर्जेन्टिनाकाे पक्षमा रहेकाे बताए । "ब्राजिल र अर्जेन्टिनाबीच द्वन्द्व छ भन्ने कुरा दन्त्यकथा भइसकेकाे छ" अान्द्रेडले भने ।
यसैगरी १६ वर्षीय समर्थक थियागाे तानुरेले मेस्सी जस्ता खेलाडी भएकाे अर्जेन्टिना अाफैमा महान भएकाे प्रतिक्रिया दिए । ३६ वर्षीय समर्थक डेवाेरा डेमेट्रियाेले मेसीका कारण नै अधिकांश ब्राजिलका नागरिकले अर्जेन्टिनाकाे जर्सी लगाएकाे बताए ।
यी त प्रतिनिधि पात्र मात्र हुन् । अहिले ब्राजिल र अर्जेन्टिनाका जनताले दुवै पक्षकाे समर्थन गरेकाे देखिन्छ । दुवै देशका समर्थक फाइनलमा ब्राजिल र अर्जेन्टिना भिडेकाे हेर्न लालयित छन् ।

Comments