मेसीलाई बृहस्पति ग्रहबाट आएको संज्ञा

नाइजेरियाका प्रशिक्षक स्टेफन केसीले अर्जेन्टिनी टोलीका स्ट्राइकर लियोनल मेसीलाई बृहस्पति ग्रहबाट आएको व्यक्तिको संज्ञा दिएका छन्। मेसीको उत्कृष्ट दुई गोलको मद्दतले बुधबार राति भएको खेलमा अर्जेन्टिनाले नाइजेरियालाई ३-२ ले हराएको थियो। उक्त खेलपछि नाइजेरियाका प्रशिक्षक केसीले मेसीलाई बृहस्पति ग्रहबाट झरेको अद्भुत व्यक्तिको संज्ञा दिएका हुन्।
प्रशिक्षक केसीले मेसीको खेलको प्रशंसा गर्दै भने, 'मेसीसँग तुलना गर्न सकिने खेलाडी विश्वमा अर्को छैन। जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेको अर्जेन्टिनीका लागि मेसीले गरेका सबै गोल उत्कृट छन्। उनले हालसम्म टोलीका लागि चार गोल गरिसकेका छन्। मेसी र ब्राजिलका नेमार सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा अग्रस्थानमा छन्।
'गोल मेसिन' को उपनामले समेत परिचित मेसीले जारी विश्वकपमा गरेका पछिल्ला तीन गोल जादुमय भएको नाइजेरियाली प्रशिक्षकले बताए। इरानविरुद्धको खेलमा मेसीले नौ जना डिफेन्सलाई छल्दै दर्शनीय गोल गरेका थिए। नाइजेरियाविरुद्धको खेलमा पनि मेसीले गरेका दुबै गोल उत्कृष्ट थिए।

Comments

Popular Posts