स्पेनको सान्त्वना जित, नेदरल्याण्डस समूह विजेता
सब्स्टिच्युटद्वय लेरोय फेर र मेम्फिस डिपायले गोल गरेपछि नेदरल्यान्ड्स २-० ले चिलीलाई पन्छाउँदै सोमबार समूह 'बी'को विजेता भएको छ । लगातार तीन जितसँगै नेदरल्यान्ड्सले ९ अंक जोड्यो । समूहको उपविजेता भएको चिलीको ६ अंक रह्यो ।
अब नेदरल्यान्ड्सले समूह 'ए'को उपविजेता मेक्सिकाेविरुद्ध अन्तिम १६ मा खेल्नेछ । त्यस्तै, चिलीले क्वाटरफाइनल प्रवेशको लागि समूह 'ए' विजेता ब्राजिलको सामना गर्नेछ ।
लुईस भान गालको टिमले नियमित कप्तान रोबिन भान पर्सी (दुई पहेंलो कार्ड) को अनुपस्थितिमा पहिले हाफमा उत्कृष्ट खेल पस्कन असफल भयो । दोस्रो हाफमा भने डच टिम आक्रमक देखियो । चिलीका एलेक्सिस सान्चेजले ५६ औं मिनेटमा कठिन कोणबाट प्रहार गरेको बल डच गोलकिपर जास्पर सिलेसनले रोकेका थिए ।
सब्स्टिच्युट मेम्फिस डिपायले ७६ औं मिनेटमा पेनाल्टी क्षेत्रबाहिरैबाट सशक्त रुपमा प्रहार गरको बल चिलीका गोलकिपर क्लाउडियो ब्राभोले पञ्च गर्दै बाहिर फालेका थिए । तर, ७७ औं मिनेटमै सब्स्टिच्युट लेरोय फेरको गोलमा नेदरल्यान्ड्सले १-० को अग्रता लियो । वेस्ली स्नाइडरको स्थानमा दुई मिनेटअघि मात्र मैदानमा प्रवेश गरेका उनले पहिलोपल्ट बल छुंदै गोल गरेका हुन् । उनले डेरिल जानमटको क्रसमा हेडद्वारा आकर्षक गोल गरेर डच टिमलाई अगाडि बढाएका थिए ।
डिपायले ७० औं मिनेटमा गोल गरेर नेदरल्यान्ड्सको जित निश्चित गरेका थिए । जेरमाइन लेन्सको स्थान लिदै मैदानमा ओर्लएका डिपायले तीन मिनेटको इन्ज्युरी टाइमको दोसो निमेटमा गोल गरे । अस्टे्रेलियाविरुद्ध पनि निर्णायक गोल गरेका उनले रोबेनको पास उपयोग गरेका थिए ।

समूह बी काे अर्काे खेलमा उपाधि रक्षा गर्ने संभावना एक खेल अगावै सकिएको स्पेनले समूहको अन्तम खेलमा अष्ट्रेलियाविरूध्द ३-० को सान्त्वना जित हात पारेको छ । भेट्रान फरवार्ड डाविड भियाले आकर्षक गोल गर्दै स्पेनलाई ३६ औं मिनेटमा अग्रता दिलाए ।
उनले जुहानफ्रानको क्रसमा 'ब्याक हिल'मार्फत् बललाई पोष्टको दिशा दिएका थिए । उनले विश्वकपमा व्यक्तिगत नवौं गोल गरेका हुन् । उनले राष्ट्रिय टिमकेा लागि पनि कीर्तिमान ५९ औं गोल पुर्याए । दोस्रो गोल फर्नान्डो टोरेसले गरे । आन्द्रेस इनिस्टाले लोभलाग्दो रुपमा दिएको बललाई उनले ६९ औं मिनेटमा गोल गर्दै स्पेनलाई २-० ले अघि बढाएका थिए । तेस्रो गोल जुआन माटाले ८२ औं मिनेटमा गरे ।
प्रशिक्षक भिसेन्ट डेल बस्कले चिलीविरुद्ध २-० ले हारेको खेलमा पहिलो रोजाईमा उत्रिएका ४ खेलाडीलाई मात्र अस्टे्रेलियाविरुद्ध सुरुमै खेलाए । उनले कप्तान इकर कासियास, एज्पिलिकुएटा, बुस्केट्स, डेविड सिल्भा, जाभी मार्टिनेज, पेड्रो र डिएगो कोस्टालाई विस्थापित गर्दै गोलपिकर पेपे रेइनासहित अल्बियोल, जुहानफ्रान, काजोर्ला, कोके, डाविड भिया र फर्नान्डो टोरेसलाई पहिलो रोजाईमा समावेश गरे ।
Comments
Post a Comment