अर्जेन्टिना समूह विजेता, पराजीत नाइजेरिया पनि अन्तिम १६ मा
लियोनल मेसीको दुई गोलबाट प्रेरित अर्जेन्टिनाले बुधबार राति नाइजेरियामाथि ३–२ को विजय हासिल गरेको छ। हारका बावजुद नाइजेरिया पनि यसअघि नै अन्तिम १६ का लागि छनोट भइसकेको अर्जेन्टिनासँगै नकआउट चरणलाई छानियो। सोही समयमा साल्भाडोरस्थित फोन्टेनोभा एरिनामा बोस्नियाले इरानमाथि ३–१ को विजय हासिल गरेपछि नाइजेरिया अघिल्लो चरणलाई छानिएको हो। बुधबारका नतिजापछि सतप्रतिसत ९ अंक लिएर अर्जेन्टिना समूह एफको विजेता बनेको छ। चार अंकका साथ नाइजेरिया उपविजेता बन्दै अगाडि बढ्यो भने बोस्निया (३) र इरान (१) पहिलो चरणबाटै बाहिरिए।
पोर्टो एलेग्रेस्थित बेइरा रियो रंगशालामा मेसीले तेस्रो मिनेटमै दक्षिण अमेरिकी महारथीलाई अग्रता दिलाएका थिए। उनले खतरनाक क्षेत्रमा पाएको लुजबल उपयोग गर्दै गोल ठोकेका थिए। लगत्तै अर्को मिनेटमा काउन्टर अट्याकको मुभमा नाइजेरियाका लागि अहमद मुसाले गोल फर्काएपछि अर्जेन्टिनी समर्थकले मेसीको गोलमा धेरै खुसी मनाउन पाएनन्। मिचेल बाबाटुण्डेको पासमा मुसाले बराबरी गोल गरेका थिए।
चार पटकका फिफा विश्व वर्ष खेलाडी बार्सिलोनाका सुपरस्टार मेसीले पहिलो हाफमै अर्को गोल गरेर अर्जेन्टिनालाई दोस्रो पटक अग्रता दिलाए। मेसीले पहिलो हाफको इन्जुरी समयमा प्राप्त फ्रि–किकलाई करिव २५ यार्डबाट सोझै गोलमा परिणत गरेका थिए। जारी विश्वकपको तेस्रो खेलमा मेसीको यो चौथो गोल हो। सर्वाधिक गोलकर्ताको सुुचीमा उनी आफ्नै क्लबबाट खेल्ने ब्राजिली खेलाडी नेइमारसँगै अग्रस्थानमा छन्।
दोस्रो हाफ सुरु भएको दुई मिनेटमै मुसाले विपक्षी रक्षक फर्नान्डो गागोको गल्तीमा गोल गर्दै दोस्रो पटक खेल बराबरीमा ल्याए। मुसाले दोस्रो व्यक्तिगत गोल गर्दा खेल मेसीविरुद्ध मुसाजस्तो भएको थियो। तर दुई पटकको विजेता अर्जेन्टिनाका लागि ५० औं मिनेटमा मार्कोस रोजोले पहिलो अन्तर्राष्ट्रिय गोल गर्दै अग्रता दिलाए। जुन अर्जेन्टिनाको जितलाई पर्याप्त भयो।
विश्वकपमा पहिलो पटक सहभागिता जनाइरहेको बोस्नियाले साल्भाडोरमा सम्पन्न अर्थहिन खेलमा इरानलाई ३–१ ले हराउँदा इडिन जेको, मिरालेम प्जानिक र एभ्डिजा भर्साजेभिकले गोल गरे। पराजित इरानका लागि रेजा घोचानेजादले सान्त्वनास्वरुप एक गोल फर्काएका थिए।
अन्तिम १६ मा अर्जेन्टिनाले समूह इ को उपविजेता स्वीजरल्याण्ड तथा नाइजेरियाले विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछन्।

Comments
Post a Comment