काेरिया पराजीत

अल्जेरियाले समूह एच को आफ्नो दोस्रो खेलमा दक्षिण कोरियालाई ४-२ गोल अन्तरले पराजित गरेको छ । एक जितसँगै अल्जेरियो समूह तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । दुई जित पाएको बेल्जियम समूह तालिकाको शीर्ष स्थानमा छ ।
अल्जेरियाको विश्वकपमा सन् १९८२ पछि यो पहिलो जित हो ।
पोर्ट एलेग्रे रंगशालामा भएको खेलमा ४ गोल गर्दै अल्जेरिया विश्वकपको एकै खेलमा ४ गोल गर्ने पहिलो अफ्रिकी देश बनेको छ । पहिलो हाफमा दक्षिण कोरियाली खेलाडीको तालमेल नमिलेको अवस्थाको फाइदा उठाउदै अल्जेरियाले अग्रता लिएको थियो ।
अल्जेरियाको लागि पहिलो गोल इस्लाम स्लिमानीले गरे र लगत्तै रफिक हेलिचले अग्रता दोब्बर बनाए ।
डिजाबोले अल्जेरियाको लागि तेस्रो गोल गरेर पहिलो हाफमै अल्जेरियालाई ३-० को स्थितिमा पुर्‍याए । दोस्रो हाफको ५० मिनेटमा सङ हिउङ मिङले दक्षिण कोरियाको लागि पहिलो गोल गरे । याचिन ब्राहिमीले अल्जेरियाको लागि चौथो गोल गरेपछि कोरियाको लागि कोले दोस्रो गोल गरे ।
जितसँगै अल्जेरियाले दोस्रो चरण प्रवेशको सम्भावना जिवित राखेको छ ।
समूहको अर्को खेलमा बेल्जियमले रुसमाथि १ ० को कठिन जित निकालेको छ । अल्जेरिया आफ्नो पहिलो खेलमा बेल्जियमसँग पराजित भएको थियो । अघिल्लो खेलमा दक्षिण कोरियाले रुससँग बराबरी खेलेको थियो ।

Comments

Popular Posts