फिफाविरुद्ध खनिए म्याराडोना

विश्वकप फुटबलका कोस्टारिकाले आकर्षक प्रदर्शन गरिहरेको छ। उरुग्वे र इटालीलाई हराएपछि कोस्टारिकाको चर्चा निकै भइरहेको छ। इटालीविरुद्धको खेलमा सहभागी सात जना कोस्टारिकाकाको खेलाडीले लागू औषध प्रयोग गरेको बारेमा फिफाले अनुसन्धान थालेको छ। जसलाई लिएर अर्जेन्टिनाका महान फुबलर डिएगो म्याराडोना फिफा माथि खनिएका हुन।
इटालीका केवल दुई खेलाडी र कोस्टारिकाका सात खेलाडीको परिक्षण गर्ने फिफाको निर्णय पक्षपाति भएको म्याराडोनाले दाबी गरे। 'सात जना कोस्टारिकाको खेलाडीको परिक्षण गर्दा इटालीको किन दुई खेलाडीको मात्र?' ५३ वर्षिय म्याराडोनाले प्रश्न गरे। म्याराडोना आफै लागूऔषधका पूर्व अम्मली हुन ।सन् १९९४को विश्वकपमा उनले लागू औषध प्रयोग गरेको प्रमाणित भएपछि म्याराडोना घर फर्कनु परेको थियो।

Comments

Popular Posts