बालाटेलीलार्इ महारानी एलिजावेथबाट चुम्बनको आशा

एसी मिलानबाट ब्यवसायिक फुटबल खेल्ने इटालीका स्ट्राइकर मारियो बालोटेलीले विश्वकप फुटबलमा इटालीले कोष्टारिकालाई हराएमा आफूले इंग्ल्याण्डकी महारानीबाट चुम्बनको आशा राखेको बताएका छन् । 
शुक्रबार राती हुने खेलमा इटालीले कोष्टारिकासँग खेल्दै छ । यो खेलमा इटाली विजयी भएमा इंग्ल्याण्डको विश्वकपमा अघिल्लो चरणमा पुग्ने संभावना कायम रहन्छ । शुक्रबार बिहान भएको भएको खेलमा उरुग्वेसित २–१ ले पराजित भएपछि इंग्ल्याण्डको भाग्य अब इटालीको हातमा छ ।
ग्रुप अफ डेथ मानिएको समूह डीमा कोष्टारिका र इटालीको समान १ खेलबाट ३ अंक छ भने उरुग्वेको २ खेलबाट ३ अंक छ । दुवै खेल हारेको इंग्ल्याण्डको कुनै अंक छैन तर पनि इंग्ल्याण्डको अघिल्लो चरण पुग्ने संभावना कायम छ । 
शुक्रबार राती हुने खेलमा कोष्टरिकालाई र  समूह चरणको अन्तिम खेलमा आउँदो मंगलबार उरुग्वेलाई हराएको अवस्थामा त्यहि दिन हुने खेलमा कोष्टारिकालाई हराउन सके इंग्ल्याण्ड अघिल्लो चरणमा पुग्न सक्ने छ । यो समिकरणलाई राम्ररी बुझेका बालोटेलीले शुक्रबार बिहान ट्वीट गर्दै कोष्टारिकालाई हराउन सके महारानी एलिजावेथबाट चुम्बनको आशा राखेको बताएका हुन् । बालाटेलीले देशकाे लागि ३१ क्याप जितेर १३ गाेल गरेका छन् ।
बालोटेलीले ट्वीटमा लेखेका छन् ‘यदि हामीले कोष्टारिकालाई हरायौं भने म एउटा चुम्बन चाहन्छु, पक्कै पनि मेरो गालामा वेलायती महारानीबाट ।’ ग्रुप अफ डेथ मानिएको समूह डीको आफ्नो पहिलो खेलमा बालोटेलीकै निर्णयक गोलको मद्दतमा इंग्ल्याण्ड इटालीसँग पराजित भएको थियो  ।

Comments

Popular Posts