स्वीजरल्याण्डकाे उत्कृष्ट पुनरागमन, इक्वेडर पराजीत
स्विट्जरल्यान्डले दक्षिण अमेरिकी प्रतिद्वन्द्वीलाई हराएको यो पहिलोपल्ट हो । यसका लागि उसले एक गोलले पछाडि रहेको स्थिति उल्टाएको थियो । खेल बराबरीमा टुंगिने छाँट देखिएको बेला इन्ज्युरी समयको तेस्रो मिनेटमा सब्टिच्युट सेभेनोभिचले विजयी गोल गरेका हुन् । उनले नजिकको दूरीबाट ट्याप गर्दै बललाई पोस्टको दिशा दिन सफल भएका थिए ।
बलियाे स्वीजरल्याण्ड विरूद्घ दक्षिण अमेरिकी टाेली इक्वेडरले पहिलाे हाफमा १ गाेलकाे अग्रता लिएकाे छ ।
इक्वेडरकाे लागि २४ वर्षीय एट्याकिङ मिडफिल्डर इनर भ्यालेन्सियाले अायाेभीकाे फ्रिकिकमा हेडमार्फत २२ अाैं मिनेटमा गाेल गरे । इक्वेडरकाे लागि १० अन्तर्राष्ट्रिय क्याप जितेका भ्यालेन्सियाकाे याे चाैथाे अन्तर्राष्ट्रिय गाेल हाे ।
स्विट्जरल्यान्डले दोस्रो हाफको सुरुमा बराबरी गोल फर्काएको थियो । बायर्न म्युनिख र बोर्सिया डर्टमन्डका पूर्व प्रशिक्षकका लागि सब्टिच्युट एडमिर मेहमेदीले बराबरी गोल गरे । इक्वडेरको कमजोर डिफेन्सको फाइदा उठाएर उलने नजिकबाट हेड गर्ने अवसर पाएका थिए । मेसेडोनियामा जन्मेका मेहमेदीले सन् २०१२ बाट स्विट्जरल्यान्डका लागि खेल्न सुरु गरेका हुन् ।
Comments
Post a Comment