गोर्खाली सेना युद्घ लडेकाे फकल्याण्ड टापुको विषयमा अर्जेन्टिनी फुटबल संघले स्पष्टिकरण दिनु पर्ने

अर्जेन्टिनी खेलाडीले विवादास्पद फकल्याण्ड टापु आफ्नो हो भन्ने ब्यानर देखाएको बारेमा अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अर्जेन्टिनी फुटबल संघलाई स्पष्टिकरण लिने भएको छ ।
अर्जेन्टिनी खेलाडीले एक हप्ताअघि राजधानी ब्युनर्स आयर्समा स्लोभानियाविरुद्धको खेल अघि फकल्याण्ड टापु अर्जेन्टिनाको हो लेखिएको ब्यानर अगाडि राखेर तस्बिर खिचाएका थिए । विश्वकप फुटबलको अभ्यास खेल मानिएको त्यो खेलमा अर्जेन्टिना २–० ले विजयी भएको थियो ।
फिफाको अनुशासन समितिले खेलाडीले त्यसरी विवादास्पद राजनीतिक विषयमा सहभागी हुनु अनुशासन विपरितको काम हो भन्दै किन र कसरी त्यस्तो काम भएको हो भनेर अनुसन्धान गर्ने जनाएको छ ।
फकल्याण्डको टापुको विषयलाई लिएर सन् १९८२ को अप्रिलमा इंग्ल्याण्ड र अर्जेन्टिनाबीच युद्ध भएको थियो र त्यो युद्धमा वेलायती सेनामा रहेका नेपालीहरुले पनि भाग लिएका थिए ।
त्यस क्रममा ६ सय ५५ अर्जेन्टिनी र २ सय ५५ जना वेलायती सैनिकको साथै ३ जना स्थानीयबासीकाे मृत्यु भएको थियो । त्यो युद्धमा वेलायती सेनामा रहेका नेपालीहरुको बहादुरीले गर्दा अर्जेन्टिना हारेको थियो र त्यो भूमिमाथि इंग्ल्याण्डले कब्जा जमाएको थियो ।

Comments