अमेरिका विजयी, र्इरान र नाइजेरियाले गाेलरहित बराबरी खेले
सब्सिच्युट जोन ब्रुक्सले ८६ औं मिनेटमा निर्णयक गोल गरेपछि अमेरिकाले घानालाई २-१ ले हराएर मंगलबार विश्वकप २०१४ मा राम्रो सुरुआत गरेको छ । एस्टाडियो डास डुनास नाटलमा भएको खेलमा ब्रुक्सले ग्राहम जुसीको क्रसमा हेडद्वारा गोल गर्दै अमेरिकालाई जिताएका हुन् ।
रोमाञ्चक खेलमा अग्रता पनि अमेरिकाले नै लिएको थियो । उसको लागि क्लिन्ट डेम्सीले पहिलो मिनेटमै गोल गरे । जेरमाइन जोन्सको पासमा उनले दुई डिफेन्सलाई छक्याएर गरेको गोल लोभलाग्दो थियो । घानाले राम्रै चुनौती दिएपनि पहिलो हाफ अमेरिकाको पक्षमा १-० मै सकियो ।
आन्द्रे अयवले ८२ औं मिनेटमा गोल गरेर घानालाई १-१ को बराबरीमा पुर्याएका थिए । निरन्तर आक्रमण गर्ने क्रममा उनको गोल निस्किएको थियो । तर, त्यसको चार मिनेटपछि नै जोनले गोल गर्दै अमेरिकाको जित निकाले ।
यो नतिजासगै अमेरिकाले चार बर्षअघि दक्षिण अफ्रिकामा बेहोरेको हारको बदला घानासँग लिएको छ । समूह 'जी'मा अमेरिकार र जर्मनीले जितसहित ३-३ अंक जोडेका छन् । पोर्चुगल र घाना पहिलो खेलबाट अंकको खाता खोल्न असफल रहे । यो समूहको चारै टिम विश्वकप २०१० मा नकआउट चरण पुगेका थिए ।

अर्काे खेलमा ईरान र नाईजेरियाले जारी विश्वकपको पहिलो गोलरहित खेल खेल्दै अंक बाँडेका छन् । एरेना डे बैछाडा रंगशालामा भएको खेलमा नाईजेरियाले बल पोसेसन आफ्नो पक्षमा पारे पनि गोल गर्न भने असफल रह्यो । सन् १९९८ देखि विश्वकपमा कुनै खेल नजितेका दुवै टोलीले आजको खेलाम जित खोजेका थिए तर असफल रहे ।
समूह एफ बाट लियोनल मेसीको अर्जेन्टिनालाई समूह विजेता अनुमान गरिएको छ । सोही समूहमा रहेको बोस्निया एण्ड हर्जगोभिनाको फुटबल पनि यि दुवै टोलीको भन्दा बलियो छ । आजको खेलमा अंक बाँडेका दुवै टोलीलाई आगामी खेल जित्नु पनि ठूलो चुनौति हुनेछ ।
पहिले अनुमान गरिएजस्तै ईरानले आफ्नो रक्षपंक्तीलाई बलियो बनाएर खेलेको थियो । ईरानविरुद्ध नाईजेरिया प्रमुख हतियार ईमेनिक चल्न सकेनन् । नाईजेरियाले खेलको सातौं मिनेटमै ईरानमाथि गोल गर्ने गरेको भएपनि रेफ्री कार्लोस भेराले त्यसलाई मान्यता दिएनन् । त्यसको दुई मिनेटपछि नै ओनाजीको कडा प्रहार गोल हुन सकेन ।
खेलो ३३ औं मिनेटमा ईरानको लागि रेजाले हेडमार्फत गरेको सुन्दर प्रहार नाइजेरियाली गोलकिपर ईन्येमाले बचाए ।

Comments
Post a Comment