विश्वकप: दोस्रो दिनको खेल अनुमान

सन् २०१० को फाइनलमा भेट भएका दुई टोलीहरु, विजेता स्पेन र उपविजेता नेदरल्याण्डस् बीच चर्को भिडन्त हुने अनुमान गरिएको छ।
सामुएल इटोको क्यामरुन मेक्सिको विरुद्ध उत्रंदैछ र दिनको अन्तिम प्रतियोगीता चिली र अष्ट्रेलिया विरुद्ध हुनेछ।
मेक्सिको र क्यामरुन
बीबीसी स्पोर्टका फुटबल विज्ञ मार्क लरेन्सन् भन्छन्: “क्यामरुनको टोलीमा केही प्रतिभाशाली खेलाडीहरु रहेका छन् त तिनीहरुको खेलमा म त्यस्तो नियमितता देख्दिन जुन कारणले गर्दा तिनीहरुलाई यो समूह चरणको प्रतियोगिताबाट बाहिर निस्कनमा सघाउ पुर्याओस्।“
“तिनीहरुको खेल कुनै बेला राम्रो कुनै बेला अप्रभावकारी देखिने गरेको छ, यदि तिनीहरुले आज नराम्रो खेले भने तिनीहरुलाई हारको सजायं दिनसक्ने क्षमता मेक्सिकोसँग छ।“
स्पेन र नेदरल्याण्डस्
यो प्रतियोगिताका बारे मार्क लरेन्सन् को विश्लेषण यस्तो छ: “यसमा दुवै टोलीको खेल स्तरलाई ध्यानमा राख्‍दा दुवै कोही भन्दा कम देखिंदैनन्। दुवै बराबरको शक्तिमा रहँदा खेल पनि बराबरीमा टुंगिन सक्नेछ।“
“स्पेनसँग उल्लेखनीय स्ट्राइकरको अभाव छ र तिनीहरु पहिलेको जत्तिकै उत्कृष्ट स्वरुपमा छैनन्, तर स्पेनको एकदमै राम्रो टोली हो। अर्को तर्फ नेदरल्याण्ड्सको टोली म्यान्चेस्टर युनाइटेडको नयाँ कोच लुइस भ्यान गालको प्रशिक्षणमा छन् र तिनीहरु अत्यन्तै प्रतिस्पर्धी ढंगले प्रस्तुत हुनेछन् ।“
बीबीसी स्पोर्टका ग्यारी लिनेकरको भविष्यवाणी:” यी दुवै महान फुटबल राष्ट्रहरु हुन् तर मेरो समर्थन स्पेनको पक्षमा रहनेछ। लुइस भ्यान गाल दुई जना विंगरका साथ खेल्न मन पराउँछन्, एकजना अगाडि र अर्को पछाडि तर यसो विचार गरी हेर्दा, नेदरल्याण्ड्सले ५-३-२ को संरचना अपनाउने देखिन्छ जस्को नेतृत्व रविन भ्यान पर्सीले गर्नेछन्। 
"अन्य मैत्रीपूर्ण खेलमा यो संरचनाले काम गरेको देखिन्छ। तर स्पेनसँग यस्ले काम गर्ला ? के तिनीहरुले पर्याप्त मात्रामा बल आफ्नो साथमा राख्‍न सक्लान र ?
“कोही कोही स्पेनी खेलाडीहरुको उमेर छिप्पिएको बताउँदैछन्। तर तिनीहरुसँग थुप्रै महान र प्रतिभाशाली मिडफिल्ड खेलाडीहरु छन्। तिनीहरु डिएगो कोस्टालाई अग्र भुमिका दिएर अघि बढ्छन् कि बढ्दैनन् भन्ने हेर्न चाखलाग्दो हुनेछ।“
चिली र अष्ट्रेलिया
लरेन्सन्: “अष्ट्रेलियाका खेलाडीहरुले पूरा ज्यूज्यान लगाएर खेल्नेछन्, सदा झैं, तर तिनीहरुसँग आजको खेलको स्तरलाई चाहिने प्रकृतिको क्षमता र गुणस्तर छ जस्तो मलाई लाग्दैन। तिनीहरुलाई पराजीत गर्न सक्ने स्तर चिलीले बनाइसकेको छ ।“

Comments

Popular Posts