विश्वकपको प्रदर्शन मापदण्ड
जिल्ला प्रशासन कार्यालय काठमाडौले विश्वकप फूटबलका खेलहरु सार्वजनिक रुपमा प्रदर्शन गर्ने समूह, क्लब, संघसंस्था र निजी व्यवसायीका लागि मापदण्ड तोकेको छ ।
कार्यालयले विश्वकप फूटबलका खेलहरु नेपाली समय अनुसार राती अबेरसम्म चल्ने भएकाले प्रदर्शन अवधिभर आवश्यक विद्युत, पानी लगायतको वैकल्पिक व्यवस्था आयोजकले गर्नुपर्ने प्रावधान लागू गरेको छ ।
यस्तै प्रदर्शनस्थलमा कुनै पनि प्रकारको टिकट बिक्री गर्न नपाउने, खेलको हारजित लगायतका विषयलाई लिएर जुवा, सट्टा, लगानी, कारोबार गर्न नपाउने, सार्वजनिक स्थलमा गरिने प्रदर्शनका लागि मादक पदार्थ खरिद, बिक्री, ओसारपसार, सेवन गर्न गराउन नपाइने कार्यालयले जनाएको छ ।
निजी व्यवसाय र प्रतिष्ठानले खेलको विषयलाई लिएर हुनसक्ने होहल्ला, असुरक्षा नियन्त्रण गर्न आवश्यक जनशक्ति तथा सिसिटिभी मार्फत निगरानीको व्यवस्था मिलाउनुपर्ने प्रशासन कार्यालयले स्पष्ट पारेको छ ।
यस्तै सार्वजनिक स्थलमा गरिने प्रदर्शनमा आवश्यक सुरक्षा व्यवस्था मिलाउने र सार्वजनिक आवागमनलाई अवरोध गर्न नपाइने पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयले तोकिएको प्रावधान भित्र रही विश्वकप फूटबलका खेलहरु प्रदर्शन गर्न चाहने समूह, क्लब, संघसंस्था, निजी प्रतिष्ठान लगायतले कार्यालयबाट अनुमति लिन अनिवार्य पनि गरेको छ ।
Comments
Post a Comment