त्रियुगा पराजीत, उपाधिको लागि धरान र हरैंचा भिड्ने

इटहरीमा संचालन भइरहेको सातौं दानबहादुर फुयाँल स्मृति गोल्ड कप फूटबल अन्तर्गत मंगलबार सम्पन्न सेमी-फाइनलमा न्यु त्रियुगा स्पोर्ट क्लब सप्तरीलाई २-० ले पाखा लगाउदै धरानले फाइनलको यात्रा तय गरेको छ। अब धरानले बिहिबार हुने फाइनलमा मोरंगको हरैचा संग उपाधिको लागि भिडन्त गर्ने छ। धरानको जीतमा ३० औं मिनेटमा वर्तमान राईको पासलाई सदुपयोग गर्दै सुबर्ण लिम्बूले गोल गरेका थिए भने दोस्रो गोल ५६ औं मिनेटमा पून लिम्बूले नै गोल गरेका थिए।

 

Comments

Popular Posts