नेपाल पराजीत, हंगकंग ६ विकेटले विजयी

एसीसी टी२० कप अन्तर्गतको दोस्रो खेलमा नेपालले टस जितेर ब्याटिंग गर्ने निर्णय गलत साबित भएको छ। नेपाल निर्धारित २० ओभरमा मात्र ११५ रनमा समेटिएको छ। नेपालको लागि ज्ञानेन्द्र मल्लले ३८ र ओपनर प्रदीप ऐरीले २१ जोड्न सफल भए पनि अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो गर्न सकेनन्। नेपालले पहिलो विकेट १६  रनमा ओपनर सुबास खकुरेललाई गुमाएका थिए। खकुरेलले व्यक्तिगत ६ रन मात्र जोड्न सफल भए। त्यसपछि ब्याटिंग सम्हाल्न आएका कप्तान पारस खड्का पनि व्यक्तिगत ४ रन जोड्दै बाहिरिए। दोस्रो विकेट गुमाउदा नेपालले ३५ रन जोडेको थियो।
हंगकंगले नेपालले दिएको लक्ष १६.४ बलमा केवल ४ विकेट गुमाएर पुरा गर्यो। आजै सम्पन्न समूह ए कै अर्को खेलमा माल्दिभ्स विजयी भएको छ। माल्दिभ्सले सिंगापुरलाई ५ विकेटले पराजीत गरेको हो। माल्दिभ्सले पहिलो खेल नेपाललाई सुम्पेको थियो।

Comments

Popular Posts