आर्मी पनि पराजीत, फ्रेन्ड्स तेस्रो स्थानमा उक्लियो
शहीद स्मारक रेड बुल ए डिभिजन सुपर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा फ्रेन्ड्स क्लब विजयी भएको छ। पहिलो चरणको लिग ७ औं स्थानमा टुंगाएको फ्रेन्ड्सले दोस्रो स्थानमा रहेको आर्मी विरुद्ध २-१ को जीत दर्ता गरेपछि लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने लिग लिडर थ्री स्टारलाई ठूलो राहत मिलेको छ। थ्री स्टार पहिलो खेलमा पुलिस संग पराजीत भएपछि केहि दबाबमा आएको थियो।
फ्रेन्ड्सले २७ औं मिनेटमा प्रकास बुढाथोकीको गोलबाट अग्रता लिएको थियो। ३२ औं मिनेटमा आर्मीको तर्फ़बाट बराबरी गोल फर्काएका थिए। आर्मी विरुद्ध राम्रो खेल पस्केको फ्रेन्ड्सले ५७ औं मिनेटमा निर्णायक गोल गरेको थियो। अफ्रिकी खेलाडी जिकाहे डोजोजले एकल प्रयासमा उक्त गोल गरेका थिए। खेलको अन्तिम ५ मिनेट फ्रेन्ड्स १० खेलाडीमा सीमित भए पनि त्यसको फाइदा आर्मीले लिन सकेन। फ्रेन्ड्सक सेगन पिटरले आर्मीका खेलाडीलाई हात हालेपछि एम्पायरले रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए।

Comments
Post a Comment