युनाइटेड बाहिरियो, रियल च्याम्पियन लिगको क्वार्टरमा
मंगलबार राती सम्पन्न अन्तिम १६ को दोस्रो लिगमा म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा २-१ (समग्रमा ३-२) ले पछि पर्दै स्पेनिस महारथी रियल म्याड्रिड युरोपियन च्याम्पियन लिगको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।
सर्जियो रामोसको आत्मघाती गोलबाट अग्रता लिएको घरेलु टोलि म्यानचेस्टर युनाइटेडको पराजयको कथा जब ५६ औं मिनेटमा नानीले रातो कार्ड खाँदै मैदान छाडे त्यस पछि सुरु भएको थियो। नानीलाई टर्किस रेफ्री काकिरले अल्बेर्लोयासंग ५०-५० को सम्भावना रहेको बल नियन्त्रणको लागि खुट्टा माथि उठाएको भनी सिधै रातो कार्ड दिएका थिए। एक गोलले पछि परेको रियलले १० खेलाडीमा सीमित भएको युनाइटेड विरुद्ध ३ मिनेटको फरकमा २ गोल गर्न सफल भयो। २५ यार्डबाट लुका मोड्रिकले प्रहार गरेको बल ६६ औं मिनेटमा सिधै गोलमा परिणत भएको थियो भने ६९ औं मिनेटमा गोन्जालो हिगुइनले उपलब्ध गराएको लो क्रस सदुपयोग गर्दै क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरेका थिए।
मंगलबार राती नै सम्पन्न अर्को खेलमा जर्मन लिग बुंडासलिगा डिफेनदंग च्याम्पियन बुरुसिया डुटमण्डले सख्तर ड़ोनेस्क्तलाई ३-० ले निरास पर्दै समग्रमा ५-२ को नतिजा निकालेर क्वार्टर फाइनल प्रवेस गर्न सफल भयो। बुरुसिया डुटमण्डको लागि पहिलो हाफको ३१ औं मिनेटमा फिलिपो संतानाले पहिलो गरेका थिए भने ३७ औं मिनेटमा मारियो गोत्ज़ेले गोल गर्दै २-० को अग्रता दिलायाका थिए। तेस्रो गोल भने दोस्रो हाफको ५९ मिनेटमा जकुबले गरेका थिए।

Comments
Post a Comment