मच्छिन्द्र पराजीत, एनआरटी लिगको दोस्रो स्थानमा

रेड बुल ए डिभिजन सुपर लिगमा अप्रत्याशित नतिजा आउने क्रम लिग जारी भएको तेस्रो दिन पनि रोकिएन।  आइतबार सम्पन्न खेलमा राम्रो खेल पस्केको मच्छिन्द्र एनआरटीसंग १-० पराजीत भयो। जीतको लागि मच्छिन्द्रका बिक्रम लिम्बूले डी-बक्स भित्र क्लियर गर्न नसकेको बललाई एनआरटीका लक्ष्मण रुचालले जाली चुमाएका थिए। एक गोलले पछि परेको मच्छिन्द्रले लगातार आक्रमण गरे पनि गोल गर्न सकेन। जीत पछि एनआरटी २९ अंक सहित लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने पहिलो चरणमा तेस्रो स्थान ओगटेको मच्छिन्द्र २७ अंकमा नै सीमित हुँदै पाँचौ स्थानमा झरेको छ।

Comments