सिटी पराजीत, युनाइटेड १५ अंकले अगाडि

इन्ग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार राती सम्पन्न खेलमा साबिकको विजेता म्यानचेस्टर सिटी एभर्टन संग २-० पराजीत हुन् पुगे पछि रिडिंग विरुद्ध १-० को साँगुरो जीत दर्ता गरेको लिग लिडर म्यानचेस्टर युनाइटेडले १५ अंकको अग्रता लिन सफल भएको छ।
लियोन ओस्मानले ३१  औं मिनेटमा एभर्टनको लागि गोल गरेपछि पहिलो हाफमा सिटी १-० ले पछि परेको थियो। दोस्रो गोल भने सिटीले खेलको अन्तिम समयमा खाएको थियो थपिएको समयको दोस्रो मिनेटमा निकिका जेलाभिकले एभर्टनको लागि दोस्रो गोल गरेका थिए। रिडिंगविरुद्धको खेलमा युनाइटेडको लागि २० औं मिनेटमा रोनीले गरेको एकमात्र गोल नै निर्णायक भयो। जीत पछि युनाइटेडको २९ खेलबाट ७४ अंक भएको छ भने सिटी ५९ अंकमा रोकिएको छ। शनिबार राती नै सम्पन्न अन्य खेलमा सौथाम्सन लिभरपूलविरुद्ध ३-१ को जीत दर्ता गर्दै रेलिगेसनको खतराबाट केहि माथि उक्लिएको छ भने एस्टन भिल्ला पनि पुछारमा रहेको क्युपीआर विरुद्ध ३-२ खेल आफ्नो पक्षमा पर्दै रेलिगेसन क्षेत्र भन्दा केहि माथि उक्लिएको छ। जीत पछि सौथाम्सन ३१ अंक सहित १५ औं स्थानमा उक्लिएको छ भने एस्टन भिल्ला ३० अंकका साथ १७ औं स्थानमा रहेको छ। दुई खेल कम खेलेको विगन एथलेटको २४ अंक रहेको छ भने क्युपिआर र रिडिंगको समान २३ अंक रहेको छ।
आर्सनलले स्वानसीलाई २-० ले पराजीत गर्दै २९ खेलबाट ५० अंक जोड्दै च्याम्पियन लिग खेल्ने सम्भावना कायमै राखेको छ। आर्सनल जीत पछि ५ औं स्थानमा रहेको छ। स्टोक सिटी र वेस्ट ब्रूम्विच अल्बियन ले भने गोल रहित बराबरी खेलेका छन्।   

Comments

Popular Posts