फेरि पराजीत, नेपाली राजनीति र फूटबल उस्तै


"पाकिस्तानसँगको मैत्रीपूर्ण खेलपछि हाम्रो टोलीमा धेरै परिवर्तन भएको छ। प्रशिक्षकले कतिपय टेक्निकल कुरा बाहिर नल्याउन आग्रह गरेका छन्। सबै खेलाडी र प्रशिक्षकले समेत यसपटक धेरै मिहिनेत गरेका छौं। हाम्रो खेल्ने कला फरक भएको छ। मैत्रिखेलपछि तीन साता फरक-फरक खालको अभ्यास गरेका हौँ। घरेलु मैदान पनि हाम्रा लागि थप फाइदा हुनेछ। हामी टिम भएर खेल्नेछौं।" -नेपाली टिम कप्तान सागर थापाले एएफसी च्यालेन्ज कप छनौट खेल सुरु हुनु अगाडि मिडिया संग यस्तो प्रतिक्रिया दिएका थिए। प्रशिक्षक ज्याक स्टेफनोस्कीले पनि गोल गर्ने धरै सुत्र सिकाएको र त्यसमा खेलाडी सक्षम रहेको बताउदै आएका थिए। पहिलो खेलमा नर्दन मरियाना आइल्याण्ड विरुद्ध ६ गोल गरेपछि केही उत्साहित भएको नेपाली खेल समर्थक आफु समानको टिम बंगलादेश संग २-० ले पराजीत भएपछि नेपालको राजनीति र नेपालको फूटबलको स्तर उस्तै रहेको उजागर भएको छ। जसरी नेपाली राजनीतिमा प्रगतिशील गफ धेरै हुन्छ तर हातलागी सून्य हुन्छ त्यस्तै नेपाली फूटबलको चर्चा र नतिजा त्यस्तै छ। 
बंगलादेशसंग पराजीत भएपछि नेपाली मुख्य प्रशिक्षक स्टेफानोस्कीले डिफेन्सको गल्तीले हारियो भन्ने प्रतिक्रिया दिए। यो विचार सही नै होला तर जीतको लागि गोल त गर्दै पर्यो, खोइ कुन स्टाइकरले गोल गर्यो त?  नेपाल र नेपाली फूटबल समर्थकले खोजेको हार वा बराबरी होइन। प्रशिक्षकले सन्तोष साहुखलालाई नियमित मौका दिई रहेको छ। ऊ असफल छ भन्ने कुरा चाही इतिहासले पुष्टि गरिसकेको छ। प्रमूख स्टाइकर साहुखलाले पछिल्ला २३ खेलमा १ मात्र गोल गरेको छ।
प्रतिभावान नयाँ  स्टाइकरको खोजी गरेर उहिहरुलाई मौका नदिए नेपाली फूटबल ओरालो लाग्ने निश्चित छ। 

Comments

Popular Posts