मच्छिन्द्र र आर्मी बराबरी, बराबरीले थ्री स्टारलाई फाइदा

रेड बुल ए डिभिजन सुपर लिग अन्तर्गत तेस्रो चरणको अन्तिम खेलमा आर्मीले मच्छिन्द्रसंग १ अंक खोस्न सफल भएको छ। पहिलो हाफको अतिरिक्त समयमा मच्छिन्द्रका कर्ण लिम्बूले क्रस गरेको बल आर्मीका जितेन्द्र कार्कीलाई डिफलेक्ट हुदै गोलमा परिणत भएपछि पहिलो हाफमा आर्मी १-० ले पछि परेको थियो। दोस्रो हाफमा पूरै रक्षात्मक खेल खेलेको मच्छिन्द्र जीतको नजिक पुगेर पनि अग्रता जोगाउन असफल भयो। दोस्रो हाफको अतिरिक्त समय मच्छिन्द्रको लागि धेरै महँगो साबित भयो। सहायक रेफ्रीले अफसाइड नलिदा मच्छिन्द्र गोल खान बाध्य भएको थियो। सोही विषयमा एम्पायरसंग अपिल गर्दा मच्छिन्द्रका कप्तान दीपक राई दोहोरो पहेलो कार्ड खादै मैदान छाड्न बाध्य भएका थिए। सुरुवाती दुई खेल गुमाएको आर्मी तेस्रो खेलमा आएर १ अंक जोड्दै २९ अंक बनाउन सफल भयो भने। मच्छिद्रले भने सुपर लिगमा १ हार, १ जीत र १ बराबरी नतिजा निकालेको छ। मछिन्द्रको ३१ अंक भएको छ। आर्मीसंग जीत दर्ता गर्दै दोस्रो स्थानमा उक्लने मौका मच्छिन्द्रले उम्कायो। ऊ भन्दा अगाडि थ्री स्टार ३८, मनाङ्ग ३३, र एनआरटी ३२ अंकका साथ क्रमश पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन्। 

Comments

Popular Posts