एसीसी टी२० कपमा नेपालको विजयी सुरुवात
एसीसी टी-२० कपको पहिलो खेलमा माल्दिभ्सलाई ७६ रनले पराजीत गरेको छ। समूह ए अन्तर्गतको खेलमा ब्याटिंगको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७१ रन बनाएको थियो। नेपालको लागि प्रारम्भिक ब्याट्सम्यान प्रदीप ऐरीले आक्रामक ब्याटिंग गरेका थिए। ऐरीले २६ बलमा ५९ रनको योगदान दिए भने शरद भेषवाकरले अविजीत ३६, अर्का प्रारम्भिक ब्याट्सम्यान सुबास खकुरेलले २६, मन्जीत श्रेष्ठ अविजीत २०, बिनोद भण्डारी १५ र कप्तान पारस खड्काले १० रन जोडेका थिए। सुन्दर ब्याटिंग गरेका ऐरीलाई मोहमद साफीले आउट गरेका थिए भने कप्तान पारस खड्का रन आउट भएका थिए।
१७२ रनको लक्ष पछ्याएको माल्दिभ्स केवल ९५ रनमा समेटिएको थियो। माल्दिभ्सलाई ९५ रनमा समेट्ने क्रममा कप्तान पारस खड्काले २ तथा शक्ति गौचन, मन्जीत श्रेष्ठ, सन्जम रेग्मी र बसन्त रेग्मीले १-१ विकेट लिएका थिए।

Comments
Post a Comment