महत्वपूर्ण खेलमा मनाङ्ग र थ्री स्टार बराबरी

रेड बुल ए डिभिजन सुपर लिग अन्तर्गत मंगलबार सम्पन्न अति महत्वपूर्ण खेलमा थ्री स्टार क्लब र मनाङ्ग मर्स्याङ्गदि क्लबले १-१ गोलको बराबरी खेलेका छन्। बराबरीले लिग लिडर थ्री स्टारलाई फाइदा भएको छ। दोस्रो स्थानमा रहेको मनाङ्गलाई भने बराबरीले ठूलो धक्का लागेको छ। थ्री स्टारको ३९ अंक भएको छ भने मनाङ्गको ३४ अंक मात्र भएको छ। एक-एक खेल कम खेलेको एनआरटी र मच्छिन्द्रको क्रमश ३२ र ३१ अंक रहेको छ। 
पहिलो हाफको १५ औँ मिनेटमा सन्तोष साहुखलले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए तर खेलको २३ औँ मिनेटमा मनाङका सर्जियो सिकोले गोल गर्दै खेल एक एकको बराबरीमा ल्याए ।
 

Comments