चेल्सीको जीत, स्पर्स पराजीत

फ्रान्क लाम्पार्डले क्लबको लागि २०० औं गोल गरेपछि चेल्सीले घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा आइतबार राती सम्पन्न इन्ग्लिश प्रिमियर लिग अन्तर्गतको खेलमा वेस्टहम युनाइटेडलाई २-० ले पराजीत गर्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। लाम्पार्डले पहिलो हाफको १८ औं मिनेटमा चेल्सीको लागि गोल गरेका थिए भने अर्को गोल मध्यान्तर पछि ४९ औं मिनेटमा एडेन हाजार्डले गरेका थिए। जीतपछि २९ खेल बाट चेल्सीको ५५ अंक भएको छ भने आइतबार राती नै सम्पन्न खेलमा एभर्टनसंग १-० ले पराजीत टोटनहम हटस्पर्शको ५४ अंक रहेको छ। स्पर्शले ३० खेल खेलिसकेको छ। अर्को खेलमा रेलिगेसन टार्न संघर्षरत टोली विगन एथ्लेटिकले न्युक्यासल युनाइटेडलाई २-१ ले पराजीत गर्यो भने सन्डरल्याण्ड र नरविच सिटीले १-१ को बराबरी खेले।  

Comments