फिफाको नयाँ रेङ्किङ्गमा नेपाल १ स्थान तल
फिफाले आज विहिबार जारी गरेको रेङ्किङ्गमा नेपाल १ स्थान तल झरेको छ। यस अघि जारी रेङ्किङ्गमा ८० अंक सहित नेपाल १७४ औं स्थानमा थियो भने भर्खरै जारी गरिएको रेङ्किङ्गमा ८५ अंकसहित १७५ औं स्थानमा रहेको छ। एएफसी च्यालेन्ज कपमा राम्रो गरेको अफगानिस्तान दक्षिण एशियाको सबै भन्दा माथि पुगेको छ। अफगानिस्तान ४८ स्थान माथि उक्लदै १९० अंक सहित १४१ औं स्थानमा पुगेको छ भने भारत २४ स्थान माथि उक्लदै १७७ अंक सहित १४३ औं स्थानमा पुगेको छ। एएफसी च्यालेन्ज कप छनौट खेलमा नेपाललाई २-० ले पराजीत गरेको बंगलादेश पनि १२ स्थान माथि उक्लदै १४३ अंक सहित तालिकाको १५७ औं स्थानमा उक्लिएको छ। अन्य दक्षिण एशियाली देशहरुमा माल्दिभ्स दुई स्थान गुमाउदै १६१ औं , पाकिस्तान १७१ औं स्थानमा रहेका छन् भने श्रीलंकाले पनि २० स्थान माथि जम्प गरेको छ। श्रीलंका ९२ अंक सहित १७३ औं स्थानमा उक्लिएको छ। दक्षिण एसियामा नेपाल भन्दा पछाडि भुटान मात्र रहेको छ।
Comments
Post a Comment