नेपाली राष्ट्रिय टोलीको घोषणा

क्यानले पारस खड्काको कप्तानीमा एसीसी टि-ट्वान्टी इलाइट कप प्रतियोगिताको लागि मंगलबार १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। उक्त प्रतियोगिता आगामी चैत १३ देखि नेपालमा संचालन हुनेछ। अफगानिस्तान बाहेक शीर्ष दुइ टोलीले विश्वकप छनोट चरण खेल्ने मौका पाउने छन्।
टोलीमा उपकप्तानमा ज्ञानेंद्र मल्ल रहेका छन् भने अन्य सदस्यहरुमा  शरद भेषावकर, अमृत भट्टराई, शक्ति गौचन, बसन्त रेग्मी, सन्जम रेग्मी, बिनोद भण्डारी, प्रदीप ऐरी, अनिल मण्डल, पृथु बाँस्कोटा, चन्द्र साउद, मन्जित श्रेष्ठ र सुबास खकुरेल रहेका छन्। त्यसै गरि बैकल्पिक खेलाडीहरुमा राहुल बिक, जितेन्द्र मुखिया, रामनरेश गिरि र सगर पुन रहेका छन्।

Comments