रियलको जीत, सोसियड चौथो स्थानमा
सबिकको विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न मोलार्का विरुद्धको खेलमा पहिलो हाफमा २-१ ले पछि परेको स्थिति उल्टाउदै ५-२ जीत दर्ता गर्दै लिग लिडर बार्सिलोना संगको दूरी ३ अंकले घटाएको छ। एमिलियो नसुएले ५ औं र अलेजन्द्रो अल्फारोले २० औं मिनेटमा मोलार्काको लागि गोल गरेका थिए। पहिलो हाफमा रियलको तर्फबाट १४ औं मिनेटमा गोन्जालो हिगुइनले गोल गरेका थिए। मध्यान्तरपछि ६ मिनेट भित्र रियलले ३ गोल गरेका थिए। ५१ औं मिनेटमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले बराबरी गोल गरेका थिए भने ५३ औं मिनेटमा लुका मोड्रिक, ५६ औं मिनेटमा गोन्जालो हिगुइनले गोल गरेका थिए। पाँचौ गोल भने करिम बेन्जिमाले ९१ औं मिनेटमा गरेका थिए। जीत पछि रियलको २८ खेलबाट ६१ अंक भएको छ भने एक खेल कम खेलेको लिग लिडर बार्सिलोनाको ७१ अंक रहेको छ।
ला लिगा अन्तर्गत शनिबार राती नै सम्पन्न अन्य खेलमा रियल सोसियाडले रियल भेल्लादोलिड विरुद्ध ४-१ र भ्यालेन्सियाले रियल बेटिसविरुद्ध ३-० को जीत दर्ता गर्यो भने गेटाफेले एथलेटिक बिल्बाओ १-० ले पन्छायो। रियल सोसियड जीत पछि ४७ अंक बटुल्दै चौथो स्थानमा उक्लिएको छ।

Comments
Post a Comment