पाकिस्तान फेरि 1-0 ले विजयी

गत बुधबार सम्पन्न पाकिस्तान विरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा अधिकांश समय बलमाथि नेपाली टिमले नियन्त्रण गरे पनि पुरानै रोग स्टाइकर चल्नु नसक्नु र देब्युमा नै गणेश खड्काले भुल्नै नसक्ने ठूलो गलत ब्याक पास खेलेपछि 1-0 ले पराजय स्वीकार्न बाध्य नेपाली राष्ट्रिय टिम आज दोस्रो मैत्रीपूर्ण खेलमा झन् कमजोर खेल पस्कदै समान 1-0 ले नै पाकिस्तानलाई नतिजा सुम्पन बाध्य भएको छ।  आज जगजीत श्रेष्ठ, अनिल गुरुङ, भारत खवास, विजय गुरुङ, राजु तामांग, भोला सिलवाल, रबिन श्रेष्ठ, सागर थापा, बिराज महर्जन, किरण चेम्जोङ्ग र सन्दीप राईले पहिलो 11 मा मौका पाएका थिए । कप्तान सागर थापाको यो 50 औं अन्तर-राष्ट्रिय खेल संख्याको कोशेढुंगामा मात्र सिमित भो। यो पराजयसंगै  नेपालका नयाँ प्रशिक्षक असफल कि नेपाली खेलाडीहरु नै असक्षम भन्ने प्रश्न चिन्ह खडा भएको छ। फूटबल जीत्नको लागि गोल गर्नु पर्छ तर नेपाली फरवार्डहरुले गोल गर्न सकेका छैनन् र नाम चलेका स्टाइकरको बिकल्पमा नयाँ खेलाडीलाई मैदानमा प्रवेश नदिनु पनि हारको प्रमुख कारण हुन सक्छ। अब फ्री-किकको लागि कप्तान सागर थापाले अन्य राम्रा खेलाडीहरुलाई मौका दिनु राम्रो हुन्छ। कप्तान थापाले 50 खेल खेलेर मात्र 1 गोल मात्र गरेका छन् तर नेपालले फ्री-किक पाउना साथ उनि नै अगाडी बढ्छन्।
नयाँ प्रशिक्षकले नयां प्रतिभावान खेलाडीहरु दीपक राईलाई बेन्चमा सिमित राखे भने बिशाल राई र विजय धिमाललाई पहिलो खेलमा केही समय मौका दिएका थिए।

पहिलो हाफ
-नेपाल भन्दा पाकिस्तानको खेल उत्कृस्ट
-पाकिस्तानको दुई ससक्त प्रहार गोलकिपर किरण चेम्जोङ्ग उत्कृस्ट बचाऊ गर्न सफल
-जगजीत श्रेष्ठ,  अमर डंगोलद्वारा प्रतिस्थापित
-गोलरहित बराबरी

दोस्रो हाफ
-राजु तामांग निराजन खड्काद्वारा प्रतिस्थापित
- सीड मुहम्मद मुजहिदद्वारा प्रतिस्थापित (पाकिस्तान)
- सीडलाई पतिस्थापन गरेर भर्खरै मैदान प्रवेश गरेका मुहम्मद मुजहदद्वारा पाकिस्तानको लागि 65 औं गोल गर्न सफल
-विजय गुरुङ, सन्तोष सहुखालाद्वारा प्रतिस्थापित
- फैसल, अदिलद्वारा प्रतिस्थापित (पाकिस्तान)
- सभिर खान, हबिबद्वारा प्रतिस्थापित (पाकिस्तान)
-अनिल ओझा द्वारा भरत खवास  प्रतिस्थापित

Comments

Popular Posts