सेरेनाको नयाँ कीर्तिमान

अमेरिकी भेट्रान टेनिस खेलाडी सेरेना विलियम्स महिला टेनिसमा विश्व नं . 1 वरियता प्राप्त गर्दै नयाँ कीर्तिमान बनाएकी छिन्। कतार ओपनको क्वार्टरफाइनलमा पेत्रा किभितोभालाई पराजीत गर्दै उनले नं . 1 मा आफ्नो स्थान पक्का गरिन्। नया वरियता आगामी साता जारी हुदैछ। उनले सबै भन्दा बढी उमेरसम्म नं . 1 मा रहेर कीर्तिमान कायम गरेकी छिन। यस अघि क्रिस इभर्तले 1985 मा 30 वर्षको उमेरमा नं . 1 को कीर्तिमान बनाएकी थिइन्।

Comments

Popular Posts