पहिलो टेस्ट भारतको पक्षमा

अस्ट्रेलिया विरुद्धको चेन्नाईमा सम्पन्न पहिलो टेस्ट भारतको पक्षमा गएको छ। चौथो दिन नै जीत नजिक पुगेको घरेलु टोलीले अस्ट्रेलियालाई ८ विकेटले पराजीत गर्यो। यो जीत संगै ४ खेलको शृंखलामा भारतले १-० को अग्रता पनि लियो। अस्ट्रेलियाली टोली मंगलबार २४१ रनमा समेटिए पछि भारतले जीतको लागि ५० रनको लक्ष पाएको थियो। भारतले २ विकेट गुमाएर लक्ष भेटायो। युवा खेलाडी चेतेश्वर पुजारा ८ रन र अनुभवी ब्याट्सम्यान सचिन तेन्दुलकर १३ रनमा अबिजीत रहे।
अस्ट्रेलियाका लागि पहिलो टेस्ट खेलेका मोसेस हेनरिक्सले आफ्नो डेब्यु म्याचलाई अविस्मरनीय बनाउने क्रममा दुवै पालीमा अर्धशतक पूरा गरे। दोस्रो पालीमा उनले अविजीत ८१ रन बनाए।
बलिङ्ग तर्फ़ भारतका रविचन्द्रन आश्विन सफल भए। आश्विनले पहिलो पालीमा ७ विकेट लिएका थिए भने दोस्रो पालीमा ३ विकेट लिन सफल भए। आफ्नो सयौं टेस्ट खेलेका स्पिनर हरभजन सिंहले पहिलो पालीमा १ र दोस्रो पालीमा २ विकेट लिए।
म्यान अफ द म्याचको पुरस्कार भने कीर्तिमानी ब्याटिंग गरेका भारतीय कप्तान महेन्द्र सिंह धोनीको हात लाग्यो। भारतलाई जीत दिलाउने क्रममा उनले पहिलो पालीमा कीर्तिमानी २२४ रन जोडेका थिए। 
 

Comments