सिटी पराजीत

शनिबार राती सम्पन्न इङ्ग्लिश प्रिमियर लिग अन्तर्गतको खेलमा डिफेन्डीङ्ग च्याम्पियन म्यानचेस्टर सिटी साउथम्प्सोन संग 3-1 ले पराजीत भएको छ। घरेलु टोली साउथम्प्सोनको लागि छैटौं मिनेटमा जसोन पुञ्चेओनले गोलको खाता खोलेका थिए भने 21 औं मिनेटमा स्टेभन डेभिसले दोस्रो गोल गरेका थिए। सिटीको तर्फबाट एडिन जेकोले 38 औं मिनेटमा गोल गरेर खेलमा पर्किने संकेत देखाए पनि दोस्रो हाफको 47 औं मिनेटमा सिटीक गेरिथ बेरीले आत्मघाती गोल गरेपछि सिटी 3-1 ले पछि परेको थियो। त्यसपछि कुनै गोल भएन रेलिगेसनबाट बच्न संघर्षरत साउथम्प्सोन जीत संगै 27 अंकका साथ लिग तालिकाको 15 औं स्थानमा उक्लियो। सिटी 53 अंकमा साथ लिग तालिकाको दोस्रो स्थानमा यथावत छ भने 1 खेल कम खेलेको छिमेकी प्रतिद्वन्दी युनाइटेड 62 अंकमा साथ शीर्ष स्थानमा छ। म्यानचेस्टर युनाइटेड आजराती घरेलु मैदानमा एभर्टनसंग खेल्ने छ। त्यसैगरी गएराती नै सम्पन्न अन्य इङ्ग्लिश प्रिमियर लिग अन्तर्गतको खेलमा चेल्सीले विगन एथलेटलाई र स्वानसी सिटीले क्विन पार्क रेंगेर्सलाई  समान 4-1 गोल अन्तरले पछि परेको छ भने टोटनहम हटस्पर्सले न्युकसल युनाइटेडलाई 2-1 ले र आर्सनलले सन्डरल्याण्लाई 1-0 ले पराजीत गर्यो भने नर्विच सिटी र फुल्हमले गोलरहित बराबरी खेले।

Comments