फिफाले ड्रोग्बालाई आवधिक अनुमति दियो
फिफाले आइभरिकोस्टका चर्चित फूटबलर डिडियर ड्रोग्बालाई टर्कीको क्लब गालातसारेबाट व्यवसायिक फूटबल खेल्ने अनुमति दिएको छ। चिनिया क्लब सांघाई सिन्ह्वाले ड्रोग्बाको सम्झौता अवधि अझै बाँकी रहेकोले अन्य क्लबमा आबद्ध हुन नपाउने दाबी गर्दै आएको थियो।
सांघाई सिन्ह्वाले ड्रोग्बालाई सम्झौता अनुसारको पारिश्रमिक नदिएकोले क्लब छाड्न बाध्य भएको दाबी गरेका थिए। सोही आधारमा फिफाले ड्रोग्बालाई गालातसारेबाट खेल्न अनुमति दिएको हो तर यो निर्णय अन्तिम भने होइन।
'यो विषयमा अझ छानबिन गर्न बाँकी रहेकोले अहिले ड्रोग्बालाई आवधिक रुपमा मात्र गालातसारेबाट खेल्ने अनुमति दिइएको हो' फिफाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
गालातसारेबाट खेल्न ड्रोग्बा गत साता इस्तानबुल पुगेका थिए।
Comments
Post a Comment