शेर्पा लगातार फाइनलमा

 हिमालयन शेर्पा क्लब सप्तरी गोल्ड कपको फाइनल प्रवेश गरेको छ। शुक्रबार सम्पन्न खेलमा शेर्पाले संकटाको चुनौती २-० ले समाप्त पार्यो। तनावपुर्ण खेलको १६ औं मिनेटमा शेर्पाको लागि धिरज तामांगले गोलको खाता खोलेका थिए। सोही गोललाई लिएर संकटाका खेलाडीहरुले गोल लाइन क्रस नगरेको भन्दै आपत्ति जनाएका पछि खेल १० मिनेट रोकिएको थियो। आयोजकको आग्रह पछि सुरु भएको खेल फेरि रेफ्रिकै विवादस्पद निर्णयका कारण ४६ औं मिनेटमा रोकिएको थियो। पुन: दर्शक र आयोजकको १२ मिनेट पछि संकटाका खेलाडी मैदान प्रवेश गरेका थिए। खेल राम्रो खेले संकटाले गोलको खाता खोल्न  सकेन। पुन: ८३ औं मिनेटमा धिरज तामांगले नै गोल गरेपछि शेर्पाले फाइनलमा आफ्नो स्थान पक्का गर्यो। शेर्पा यस अगाडि गाईघाट र सिमरामा पनि फाइनल सम्मको यात्रा तय गरेको थियो। 

Comments