बार्सिलोनाको जीतमा मेस्सीको दुई गोल
सर्वाधिक सफल तथा उत्क्रिष्ट लयमा रहेका अर्जेन्टिनाका खेलाडी मेस्सी मध्यान्तर पछि दुई गोल गरेपछि ग्रानाडाको घरमा एक गोलले पछि परेको स्थिति उल्टाउदै बार्सिलोना कुल 24 खेल खेलेर 21 जीत, 2 बराबरी र 1 हार आत्मसाथ गर्दै 65 अंक जोड्न सफल भएको छ। यो एक खेल कम खेलेको साबिकको लिग च्याम्पियन रियल मड्रिडको भन्दा 19 अंकले बढी हो। घरेलु टोली ग्रानाडालाई ओडियन ज्युड इघालोले 25 औं मिनेटमा गोल गर्दै अगाडि बढाएको थियो। मेस्सीले 49 औं र 72 औं मिनेटमा गोल गर्दै बार्सालाई जीत दिलाए। लिगमा उनले 37 गोल गरिसकेका छन्।
स्पेनिस ला लिगा अन्तर्गत नै शनिबार राती सम्पन्न अन्य खेलमा गेटाफेले सेल्टा डी भिगोलाई 3-1, मालागाले एथ्लेटिक बिल्बाओलाई र ओससुनले रियल जारागोजालाई समान 1-0 ले पराजीत गर्न सफल भयो।
स्पेनिस ला लिगा अन्तर्गत नै शनिबार राती सम्पन्न अन्य खेलमा गेटाफेले सेल्टा डी भिगोलाई 3-1, मालागाले एथ्लेटिक बिल्बाओलाई र ओससुनले रियल जारागोजालाई समान 1-0 ले पराजीत गर्न सफल भयो।
Comments
Post a Comment